माथिल्लो तामाकोशीको आइपीओ दिउँसो ३ बजे बाँडफाँट हुँदै, कसको भागमा कति कित्ता ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आइपीओ मंगलबार दिउँसो ३ बजे बाँडफाँट हुने भएको छ । प्राप्त जानकारी अनुसार माथिल्लो तामाकोशीको आइपीओ क्रिष्टल ब्यांकेट बबरमहल, काठमाडौंमा दिउँसो ३ बजे बाँडफाँट हुने भएका छन् । 

तामाकोशीको सेयर न्यूनतम पनि ४० कित्ता सबैले पाउने प्रारम्भिक अनुमान छ । माथिल्लो तामाकोशीले गत कात्तिक १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ खुला गरेको थियो । सर्वसाधारणका लागि १ करोड ५० लाख ९० हजार ७५० कित्ता आइपीओ बिक्री खुला गरिएको हो ।

यसमा ६ अर्ब ७० करोड ५८ लाख २८ रुपैयाँ बराबरको आवेदन परेको छ । ३ लाख ४६ हजार १६६ जना आवेदकले ६ करोड ७० लाख ५८ हजार २८० कित्ताका लागि सेयर भरेका छन् ।
प्रकाशित : Tuesday, November 27, 2018

recent

Popular Posts