×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Breaking: मन्दिरको जग्गा नै किर्ते गरेर बेचेको आरोपमा महन्त बैकुण्ठदास पक्राउ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

Breaking: मन्दिरको जग्गा नै किर्ते गरेर बेचेको आरोपमा महन्त बैकुण्ठदास पक्राउ !

  • मनोज आत्मीय / अर्थ सरोकार डटकम  
काठमाडौँ- जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले रत्न सागर मन्दिर जनकपुरका महन्त बैकुण्ठदासलाई किर्ते जालसाझी मुद्धामा पक्राउ गरेको छ । अपराध महाशाखाको सहयोगमा जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले पक्राउ गरेको हो । 
२ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक हरि बहादुर पालका अनुसार उनलाई किर्ते तथा जालसाझी मुद्धामा पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनले सोहि मन्दिरको कागज नै किर्ते बनाएर मन्दिरको जग्गा बिक्री गरेका थिए । उक्त मन्दिर जानकी मन्दिरपछी सबैभन्दा बढी सम्पत्ति भएको मन्दिर हो ।  उनी बुलेट प्रुफ गाडीमा हिड्ने गरेका छन् भने भारतको पटनामा बस्दै आएका छन् । उनी भूमिसुधार मन्त्री रघुबीर   महासेठको विश्वास पात्र मानिन्छन् ।

उनी यसअघि महोत्तरी ज्जिल्ला शिक्षा कार्यालयमा भूमिगत समूहको प्रयोग गरी एक व्यक्तिको हत्या गरेको अभियोगमा पक्राउ परी धरौटीमा छुटेका थिए । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: