×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सुस्ताका विद्यार्थीहरुलाई ७० हजारको शैक्षिक सामग्री बितरण

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सुस्ताका विद्यार्थीहरुलाई ७० हजारको शैक्षिक सामग्री बितरण

काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुटवल र बर्दघाट शाखाको संयुक्त पहलमा सुस्ताका विद्यार्थीहरुलाई ७० हजारको शैक्षिक सामग्री बितरण गरेको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बुटवल र बर्दघाट शाखाको संयुक्त आयोजनामा संस्कृत झल्काउने र आएको रकम समाजको हितमा खर्च गर्ने उद्देश्यले खेलिएको देउसी भैलो कार्यक्रमबाट संकलन भएको रकम मध्ये ७० हजार बराबरको आवस्यक शैक्षिक समाग्री करिब २८० जना जनता दलित बिद्यालयका बिद्यार्थीहरुलाई बितरण गरेको हो ।
सिटिजन लाइफ इन्स्योरेन्स पश्चिमका क्षेत्रीय प्रबन्धक सुनिल पोख्रेलको अध्यक्षतामा उक्त कार्यक्रम समापन भएको थियो ।कार्यक्रमको प्रमुख अतिथिको रुपमा सुस्ता गा।पा।कि उपाध्यक्ष श्रीमती इन्द्र कुमारी थरुरी रहेकि थिईन ।
कार्यक्रममा पुर्व गा.बि.स. अध्यक्ष टेक नारायण उपाध्याय, समाज सेवि भिम भन्डारी ,भैलो संयोजक ईश्वर भन्डारि बिद्यालयका शिक्षक ,अभिभावकहरु, देउसी भैलो टिम लगाएत बिद्यार्थी सहित करिब ३५० जनाको उपस्तिथि रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: