×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकको नयाँ शाखा रुपन्देहीको योगीकुटीमा, तिलोत्तमा नगरपालिकाका मेयर घिमिरेले गरे उद्घाटन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

गरिमा विकास बैंकको नयाँ शाखा रुपन्देहीको योगीकुटीमा, तिलोत्तमा नगरपालिकाका मेयर घिमिरेले गरे उद्घाटन

काठमाडौँ – गरिमा विकास बैंक लिमिटेडले  शुक्रबार (पौष ६ गते)  रुपन्देही जिल्लाको योगीकुटी शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । बैंकको शाखा कार्यालयको उद्घाटन तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले गरे । विकास बैंकको हाल रुपन्देही जिल्लामा मात्रै ६ वटा शाखा कार्यालय सञ्चालनमा रहेका छन । 
काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाडौँ उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन । विकास बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्दैछ । २०७५ पौष ५ गतेसम्म विकास बैंकले रु.२५ अर्ब २५ करोड निक्षेप संकलन गरी २२ अर्ब २५ करोड कर्जा लगानी गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: