पैसा ठिक पार्नुहोस् है ! घलेम्दी हाइड्रोपावरले पायो १५ लाख ५५ हजार ७७० कित्ता आइपीओ खुला गर्ने अनुमति

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - आइपीओमा लगानी गर्न मन हुनेहरुका लागि पढ्नै पर्ने खबर छ । घलेम्दी हाइड्रोपावरले साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले १५ लाख ५५ हजार ७७० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले स्थानीय बासिन्दाले नकिनेको ४ लाख ५५ हजार ७७० कित्ता सेयरसमेत थपेर सर्वसाधारणलाई १५ करोड ५५ लाख ७७ हजार रुपैयाँको आइपीओ बिक्री गर्न अनुमति पाएको हो ।

कम्पनीको बिक्री प्रबन्धकको काम  भिबोर क्यापिटलले गर्दैछ । कम्पनीले म्याग्दीको घलेम्दी खोलामा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको कुल लागत ९४ करोड रुपैयाँ अनुमान गरिएको छ ।
प्रकाशित : Tuesday, December 04, 2018

recent

Popular Posts