×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्ताको भावनामाथि ग्लोबल आइएमइ बैंकको खेलबाड, यसरी ठाडै खोसियो आफ्ना सेयरधनीको अधिकार !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ पुष २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

लगानीकर्ताको भावनामाथि ग्लोबल आइएमइ बैंकको खेलबाड, यसरी ठाडै खोसियो आफ्ना सेयरधनीको अधिकार !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- ग्लोबल आइएमइ बैंकले सेयर लगानीकर्ताहरुको भावनामाथि खेलबाड गरेको छ । साधारणसभाको मिति तोकिसकेको बैंकले ‘बुक क्लोज मिति’ जस्तो महत्त्वपूर्ण बिषयमा सेयरधनीहरुलाई समयमै सूचना नदिएर लगानीकर्ताको भावनामाथि एकातर्फ खेलबाड गरेको छ भने अर्कोतर्फ सेयरमूल्यलाई प्रभाव पार्ने सूचनाका सम्बन्धमा सुचिकृत पब्लिक कम्पनीहरुले नियामक र सेयरधनीहरुलाई जानकारी गराउनुपर्ने सामान्य नियमको पनि धज्जी उडाएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को अनुसूची १६ को खण्ड १७ मा ‘संगठित संस्थाबाट जारी भएको सुचना’ लाई पनि विशेष घटना र परिस्थितिको रुपमा वर्णिन गरिएका कारण पनि कानुनत : यस्ता सूचनाहरु तुरुन्त उपलब्ध गराउनुपर्ने हुन्छ । 
लुकाइयो सूचना !
बैंकले साधारणसभा सम्बन्धि नेप्सेलाई पत्र पठाएको त छ तर  बुक क्लोज सम्बन्धि सूचना सेयरधनीहरुलाई लुकाइएको छ । बैंकको पुस १ गते बसेको संचालक समितिको बैठकले पुस २७ गते साधारणसभा गर्ने निर्णय गरेको छ  । साधारणसभाको लागि गरिने बुक क्लोजको मिति बैंकले गोप्य राख्दा कहिलेसम्म कायम शेयरधनीले लाभांश पाउने र साधारणसभामा भाग लिन पाउने भन्नेबारे लगानीकर्ता अन्योलमा परेका मात्र छैनन्, लगानीकर्तामाथि सूचनाको हक विरुद्धको कामसमेत बैंकले गरेको छ । 
के भन्छ बैंक ?
यता बैंकका कम्पनी सचिव बिष्णु प्रसाद बास्कोटा साधारणसभाको पूर्ण जानकारी सहितको सूचना दैनिक पत्रिकामा आउने र त्यहि बुक क्लोजको मिति उल्लेख हुने दावी गरेका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले साधारणसभा प्रयोजनको लागि पुस १३ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने जानकरी दिएका छन् । तर यो जानकारी नपाएकाहरु बहने मारमा पर्ने भएका छन् । उनकै भनाइलाइ आधिकारिक रुपमा लिने हो भने पुष १२ गतेसम्म कायम लगानीकर्ताले मात्र साधारणसभामा भाग लिन प्रस्तावित लाभांश पाउन सक्ने छन् । यसो त बैंकले यसअघि पनि बैंकमा भएको फर्जी नोट प्रकरणबारे सूचना लुकाएको थियो । तर त्यो घटनाभन्दा पनि बुक क्लोजको घटना निकै गम्भीर र संवेदनशील प्रकृतिको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: