×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुद्दती र बचतमा जनता बैंकको सर्बाधिक ब्याजदर !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

मुद्दती र बचतमा जनता बैंकको सर्बाधिक ब्याजदर !

काठमाडौं – “नेपाली जनताको बैंक,जनता बैंक” ले समकालिन वित्तीय बजारलाई मध्यनजर गर्दै ग्राहकहरुको हित संरक्षण हुनेगरी निक्षेपमा दिइने ब्याजदरमा समायोजन गरेको छ ।
आज बैंकले एक प्रेस विज्ञप्ती जारी गदै जनता बैंकको मुद्दती निक्षेपमा रकम जम्मा गर्ने ग्राहकहरुले अहिलेसम्मकै सर्बाधिक ब्याज पाउने भएका छन् । सुरक्षित लगानी,उच्च प्रतिफलको स्लोगनमा मासिक ब्याज पाउने गरी जनता मुद्दती निक्षेपमा वार्षिक १२ प्रतिशत ब्याजदर कायम गरिएको हो ।
यस मुद्दती योजनामा ग्राहकहरुले आफ्नो खातामा न्यूनतम रु. १ लाख जम्मा गर्नु पर्नेछ । १२ प्रतिशत ब्याज पाउन भने न्युनतम ७५ दिन वा सो भन्दा बढी समयको लागि मुद्दती खाता खोल्नु पर्नेछ । यो योजना सिमित अबधिको लागि मात्र ल्याईएको बैंकले जानकारी दिएको छ । यस्तो व्यवस्था ब्यक्तिगत निक्षेपमा मात्र लागु गरिएको बैकको भनाई छ ।
यो ब्याजदर मंसिर १९ गतेदेखि लागु हुने बैंकले जनाएको छ । साथै बैंकको सम्पूर्ण बचत खाताको बार्षिक ब्याजदर भने ७ प्रतिशत कायम गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: