×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिका लघुवित्तले गर्यो ८% बोनस सेयर दिने घोषणा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० मंसिर २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

कालिका लघुवित्तले गर्यो ८% बोनस सेयर दिने घोषणा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कालिका लघुवित्त वित्तीय संस्थाले ८% बोनस सेयर दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट ८% बोनस सेयर दिने निर्णय गरेको छ । यसका साथै बोनसमा लाग्ने कर तिर्न ०.४२% नगद लाभांश पनि दिइने कम्पनीले जनाएको छ ।
उक्त प्रस्ताव स्वीकृतिका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने बैंकले जनाएको छ । कम्पनीको हाल चुक्ता पुँजी १० करोड रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि चुक्ता पुँजी १० करोड ८० लाख रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: