कामना सेवा र यूनियन लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट ईन्स्योरेन्सको बीमालेख खरिद गर्न सकिने

काठमाडौं - कामना सेवा विकास बैंक र यूनियन लाईफ इन्स्योरेन्स कम्पनीबीच सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा कामना सेवा बिकास बैंकको तर्फबाट का.मु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र यूनियन लाईफ ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरेका छन् ।

सम्झौता भए संगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ । उक्त सम्झौता पश्चात कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुलाई बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट यूनियन लाईफ ईन्स्योरेन्सको बीमालेख खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।

बैंकले हाल ६० बटा शाखा कार्यालयबाट आफ्नो बैंकिङ सेवा दिदैं आएको छ ।
प्रकाशित : Friday, December 07, 2018

recent

Popular Posts