×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकमा जागिर खाने हो ? लक्ष्मी बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ पुष २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

बैंकमा जागिर खाने हो ? लक्ष्मी बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौं – लक्ष्मी बैंकमा जागिर खुला भएको छ  । बैंकले ट्रेनी एसिस्टेन्टका लागि केही, टेलर सर्भिस अफिसरका लागि केही , ब्रान्च म्यानेजरका लागि केही, एसिस्टेन्ट रिलेशनसिप म्यानेजरका लागि केही र इन्ट्रान्सिपका लागि केही संख्यामा उपत्यका बाहिरका विभिन्न १३ वटा ब्रान्चहरुका लागि कर्मचारीको माग गरेको हो । 
बैंकले कैलालीको तुलसीपुर शाखा, सुर्खेतको छिन्चु, बर्दियको गुलेरिया, सप्तरीको राजविराज, झापाको काँकडभित्ता, मोरङको रङगेली, मोरङको विराटनगर, नुवाकोटको बाटा, सिन्धुपाल्चोकको मेलम्ची, सोलुखुम्बुको सल्लेरीबजार, नवलपरासीको जिम्रेभर, नवलपरासीको भुमाई र चितवनको रामपुर गरी १३ वटा ब्रान्चका लागि कर्मचारीको माग गरेको हो । 
बैंकले ट्रेनी एसिस्टेन्टको लागि व्यवस्थापन संकायमा स्नातक गरी २६ बर्ष ननाघेको हुनुपर्ने छ । टेलर सर्भिस अफिसरको लागि व्यवस्थापन संकायमा स्नातक गरी दुई बर्ष सम्बन्धित क्षेत्रमा काम गरी ३० वर्ष ननाघेको हुनुपर्ने छ । ब्रान्च म्यानेजरको लागि व्यवस्थापन संकायमा स्नातक गरी सम्बन्धित क्षेत्रमा चार वर्ष काम गरेको र ३२ वर्ष ननाघेको हुनुपर्ने छ । त्यसैगरी, एसिस्टेन्ट रिलेशनसिप म्यानेजरको लागि पनि इवस्थापन संकायमा स्नातक गरेको, कम्तीमा एक वर्ष सम्बन्धित क्षेत्रमा काम गरी ३० वर्ष ननाघेको हुनुपर्ने छ भने इन्ट्रान्सिपको लागि अनुभन नचाहिने बैंकले जनाएको छ । 
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले जनवरी ५ सम्म दरखास्त बुझाईसक्नुपर्ने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: