×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकको १% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ पुष २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

मेगा बैंकको १% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : मेगा बैंक नेपाल लिमिटेड 
मूल्य समायोजन सेयर : १% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १८० रुपैयाँ १९ पैसा
औसत आधार मूल्य : प्रति कित्ता २१७ रुपैयाँ ६० पैसा
विशेष साधारण सभा : पुस ३० गते
विवरण :
मेगा बैंक नेपाल लिमिटेडको १% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १८० रुपैयाँ १९ पैसा कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता २१७ रुपैयाँ ६० पैसा छ ।
साधारण सभाका प्रस्ताव : 
१% बोनससेयर र ६.८५% नगद लाभांश दिने ।
सेयर ब्रोकरको काम गर्न अनुमति लिने ।
प्रबन्धपत्रका केही दफा थप गरी सम्बन्धित निकायको स्वीकृत लिएर बैंक आफैले वा सहायक कम्पनी मार्फत सेयर दलाल सम्बन्धी काम गर्ने विषयमा पनि छलफल हुने ।
प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने ।
बैंक तथा वित्तीय संस्थासँग गाभ्ने–गाभिने (मर्जर वा प्राप्ति) विषयमा छलफल गर्नका लागि सञ्चालक समितिलाई अख्तिायारी दिने ।
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावहरु पेस गरिने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
राष्ट्रिय सभा गृहमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १० अर्ब २५ करोड ५५ लाख २६ हजार ५७८ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १० अर्ब ३८ करोड ८६ करोड २१ हजार ४५३ रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ४० करोड ४५ लाख ७३ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १५ रुपैयाँ ४४ पैसा
प्रतिसेयर नेटवर्थ : १२७ रुपैयाँ ३० पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: