नेपाल बंगलादेश बैंकको साधारण सभा पुस २६ मा, १०.५३% नगद लाभांशसहित के-के प्रस्ताव पेस गर्दै ?


एजिएम नोटिस :
कम्पनी : नेपाल बंगलादेश बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २६ गते

विवरण : 
नेपाल बंगलादेश बैंकको चौबीसौं वार्षिक साधारण सभा पुस २६ गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस १५ गते बुक क्लोज गर्नेछ । 

पेस गर्ने प्रस्तावहरु :
१०.५३% नगद लाभांश  दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाब किताबका सम्बन्धमा पनि छलफल हुने।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
बैंकको प्रबन्धपत्र संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने

एजिएम हुने स्थान र समय :
राष्ट्रिय सभा गृहमा बिहान १० बजे ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३० करोड १९ लाख १४ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १४ रुपैयाँ ९३ पैसा
प्रतिसेयर नेटवर्थ : १४६ रुपैयाँ ।
प्रकाशित मिति : Monday, December 17, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal