एनआइसी एसिया बैंकको साधारण सभा सुरु, यस्ता छन् पेस गर्ने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : एनआइसी एसिया बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : आज (बुधबार, पुस ४ गते)

विवरण : 
एनआइसी एसिया बैंकको साधारण सभा आज हेरिटेज गार्डेन सानेपा, ललितपुरमा सुरु भएको छ । बैंकले १०% बोनस सेयर र कर तिर्न ०.५२६% नगद लाभांश दिने प्रस्ताव पेश गरेको छ । बैंकले बोनसमा ८० करोड ३१ लाख ११ हजार ७०० रुपैयाँ र नगद लाभांशमा ४ करोड २२ लाख ६९ हजार ३७ रुपैयाँ खर्च गर्न लागेको हो ।

पेस गर्ने प्रस्तावहरु :
१०% बोनस र (कर तिर्न) ०.५२६% नगद लाभांश दिने  ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुँदै ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ३ करोड ११ लाख १७ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ८ अर्ब ३ करोड ११ लाख १७ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३६ रुपैयाँ ७८ पैसा
प्रतिसेयर नेटवर्थ : १६२ रुपैयाँ ३३ पैसा 
प्रकाशित : Wednesday, December 19, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal