×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको आइतबारदेखि २२ लाख ५० हजार कित्ता ऋणपत्र खुल्दै, सर्वसाधारणले पनि भर्न पाइने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ मंसिर २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सिद्धार्थ बैंकको आइतबारदेखि २२ लाख ५० हजार कित्ता ऋणपत्र खुल्दै, सर्वसाधारणले पनि भर्न पाइने

डिबेन्चर नोटिस :
कम्पनी : सिद्धार्थ बैंक
खुला भएको मिति : आइतबार (मंसिर २३ गते)
कित्ता : २२ लाख ५० हजार कित्ता (४ लाख ५० हजार कित्तामा सर्वसाधारणले, २२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र बाँकी १७ लाख ७७ हजार ५०० कित्ता व्यक्तिगत (कम्पनी तथा संस्थालाई) )
ब्याजदर : १०.५%
भर्न पाइने अन्तिम मिति : मंसिर २६ गते
 विवरण : 
सिद्धार्थ बैंकले मंसिर २३ गतेदेखि २ अर्ब २५ करोड बराबरको २२ लाख ५० हजार कित्ता ऋणपत्र बिक्री खुला गर्ने भएको छ । १०.५% ब्याजदर हुने यस ऋणपत्रको अवधि ७ वर्ष हुनेछ । ‘१०.५% सिद्धार्थ डिबेन्चर–२०८२’ मा ऋणपत्र जारी गर्न लागिएको हो । 
कुल २२ लाख ५० हजार कित्तामध्ये ४ लाख ५० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी १७ लाख ७७ हजार ५०० कित्ता व्यक्तिगत (कम्पनी तथा संस्थालाई) बिक्री गरिनेछ । 
सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । यस ऋणपत्रमा मंसिर २६ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा नबिकेमा पुस २३ गतेसम्म म्याद थप हुनेछ ।
आवेदन दिने ठाउँ 
एनआइबीएल एस क्यापिटल, काठमाडौं ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: