×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुटेको एटिएमबाट ३००० पैसा निकाल्दा समातियो यो डाँका, बैंक र प्रहरीको सहयोगमा पत्ता लाग्यो लुटेराको समूह !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० मंसिर २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

लुटेको एटिएमबाट ३००० पैसा निकाल्दा समातियो यो डाँका, बैंक र प्रहरीको सहयोगमा पत्ता लाग्यो लुटेराको समूह !

  • मनोज आत्मीय / अर्थ सरोकार डटकम 
काठमाडौँ- घटना मंसिर १२ गतेको हो । सानेपास्थित अस्पतालकी नर्स रहेकी एक महिला महानगर यातायातबाट यात्रा गर्दै कुसुन्ती जाँदै थिइन् । बसमा साँझ साढे ६ बजे ताल्छिखेलबाट ६ युवक बसमा चढे । उनले गहना लगाएको देखेर ती युवकहरुले उनलाई घेरामा पारे । कुसुन्तीमा भाडा तिर्न भन्दै पर्सबाट रकम निकाल्न लाग्दा ती युवकहरूले लुटपाट थाले । हातको सुनको ब्रासलेट र पर्स लुटियो । उनलाई ‘काराइस् भने मार्दिन्छु’ भने ती डाँकाहरुले ।बसका भएका कुनै पनि यात्रुले प्रतिकार गर्ने साहस देखाएनन् ।
उनले कतै पनि उजुरी गरिनन्, जे नहुनु भइसक्यो भनेर उनी चुप बसिन् । कार्ड लुटिएकै साँझ उनको मोबाइलमा आफ्नो एटिएम कार्डबाट रकम निकालिएको सन्देश आएपछि उनी भोलिपल्ट बैंकमा यस विषयमा उजुरी गर्न पुगिन् । बैंक पुगेर उनले एटिएमबाट लुटेराले रकम झिकेको जानकारी गराइन् । बैंकका कर्मचारीको सल्लाहमा उनी सातदोबाटोस्थित महानगरीय प्रहरी वृत्त पुगिन्। प्रहरीले बैंकसँग सम्पर्क गरी रकम झिकिएको कुमारीपाटीस्थित एटिएम पत्ता लगाएर सिसिटिभी फुटेज हेर्यो । त्यहि आधारमा ती डाँका पत्ता लाग्यो । अन्य लुटेराको खोजी कार्य भइरहेको छ । 
को यो यो डाँका ?
यो डाकाको नाम सानुकाजी तामाङ हो । प्रहरीका अनुसार उनी र उनको समूहका लुटेरा सदस्यहरु ललिपुरको गोदावरी क्षेत्रमा बस्दै आएका छन्। बिगत लामो समयदेखि यसको पेशा भनेकै यसरी मान्छे लुट्ने हो । केहि समूह बनाएर विभिन्न बसमा यसले आतंक मच्चाईरहेको छ । गाडीमा लुटेको एटिएमबाट उनले ३ हजार रुपैयाँ निकालेका थिए । महानगरी प्रहरी वृत्त सातदोबाटोका प्रमुख डिएसपी गौतम मिश्रका अनुसार केहि जनाको समूह बनाई बसमा चढ्ने र यात्रुलाई लुट्ने काममा यो समूह सक्रिय हुँदै आएको छ । यसो त उनका केहि साथीहरु पनि पक्राउ परेका छन् । पक्राउ परेका सानुकाजी तामाङ, अम्बर तामाङ, अञ्जन तामाङ र विवेक लामालाई डाँकाचोरीको अभियोगमा मुद्दा दायर गरिएको छ। अन्यको खोजी भइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: