लाष्ट रिमाइन्डर : कैलाश विकास बैंकको १७% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


लाष्ट रिमाइन्डर : 
कम्पनी : कैलाश विकास बैंक
लाभांश : १७% नगद लाभांश 
बुक क्लोज : पुस ६ गते, शुक्रबार
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पुस ५ गते, बिहिबार)

विशेष साधारण सभा : पुस २२ गते

विवरण :
कैलाश विकास बैंकको १७% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । पुस २२ गते वार्षिक साधारण सभा गर्नको लागि शुक्रबार (पुस ६ गते) देखि बुक क्लोज गर्ने भएको छ ।

साधारण सभाका प्रस्ताव : 
१७% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने ।
बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने भएको खण्डमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।

विशेष साधारण सभा हुने स्थान र समय :
अमृतभोग पार्टी प्यालेस, कालीकास्थान काठमाडौंमा बिहान १०.३० बजे ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ११ करोड ५७ लाख ९६ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १८ रुपैयाँ ०३ पैसा
प्रतिसेयर नेटवर्थ : १४७ रुपैयाँ ८७ पैसा ।
प्रकाशित मिति : Thursday, December 20, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal