अनसन बसेका सेयर लगानीकर्ताहरु भन्छन्, 'युवराज खतिवडाले नेपालको अर्थतन्त्र नै ध्वस्त पारे' (भिडियोसहित)

काठमाडौँ- सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाले देशको अर्थतन्त्र नै ध्वस्त पारेको आरोप लगाएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा अनसन सुरु गरेका लगानीकर्ताहरुले यस्तो आरोप लगाएका हुन् । 

राज्यले आफूहरुमाथि खेलबाड गरिरहेको निष्कर्ष निकाल्दै सेयर लगानीकर्ता दवाव समूहले अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्दै आईतबारबाट काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयको मूलगेटमै अनसन सुरु गरेका हुन । सेयर बजारका लागि संचालनमा ल्याइएको अनलाईन कारोबार प्रणालीले काम नगरेपछि सेयर लगानीकर्ताहरुले आपत्ति जनाउँदै अर्थमन्त्री खतिवडाको समेत राजीनामा माग गरेका हुन । नियमनकारी निकायले बनाएका नीति कार्यान्वयनमा ल्याउन नसकेपछि अर्थमन्त्रीको राजीनामा माग्नु परेको उनीहरुको भनाई छ । हेर्नुहोस् लगानीकर्ताको आक्रोश 
प्रकाशित मिति : Sunday, December 09, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal