बाराको बरियापूरमा कृषि विकास बैंकको अनलाईन बैंकिङ सुरुवात

काठमाडौँ - कृषि विकास बैंकले बारा जिल्लाको बरियापूरमा अनलाईन बैकिङको सुरुवात गरेको छ । अनलाईन बैंकिङको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, गढीमाई नगरपालीकाका मेयर उपेन्द्र यादव र भू.पु सांसद शिव चन्द्र प्रसाद कुशुवाले सयुक्त रुपमा गरे । 

बार्यक्रममा बोल्दै, बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंकले प्रदान गर्ने सेवाका बारेमा जानकारी गराउंदै कृषि विकास बैंकले स्थानीय जनताको सहजतालाई ध्यानमा राखि यस शाखालाई पूर्णरुपमा आधुनिकीकरण गरिएको बताए । साथै, बैंकबाट उपलव्ध हुने सम्पूर्ण सेवाको उपभोग गर्न ग्राहकलाई अनुरोध गरे । यस क्षेत्रमा आबद्ध रहेका किसान, उद्यमी, व्यवसायी लगायत स्थानीय जनताको सहयोग पाउने अपेक्षा समेत व्यक्त गरे ।

बैंकका क्षेत्रिय निर्देशक बाबु काजी थापाले देशको आर्थिक विकासमा टेवा पु–याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कार्य गरेको र अबका दिनमा बरियापुरबासीलाई उपलव्ध गराउन सक्ने बैंकिङ सेवाका बारेमा जानकारी दिए । 

उद्घाटन कार्यक्रममा बैंकका सेवाग्राही, सर्वसाधारण, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थीती थियो ।
प्रकाशित मिति : Tuesday, January 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal