×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेसको लखपति एक्सप्रेस योजनाको बम्पर उपहार विजेता घोषित

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ माघ २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

सिटी एक्सप्रेसको लखपति एक्सप्रेस योजनाको बम्पर उपहार विजेता घोषित

काठमाडौं – सिटी एक्सप्रेसको लखपति एक्सप्रेस योजना अन्तर्गतसिटी एक्सप्रेस मनि ट्रान्सफर जापानबाट पैसा पठाई बम्पर उपहार रु १२,००,००० को लक्कीड्र«मा परी मान बहादुर खत्री विजेता घोषित हुनुभएको छ । सिटी एक्सप्रेस कम्प्लेक्स् भवनमा कार्यक्रमको आयोजना गरी एक समारोह बीच सिटी एक्सप्रेसको प्रबन्धनिर्देशक चन्द्रटण्डन र ब्रान्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस)द्वारा सिस्ट्ममा आधारित लक्कीड्र मार्फत उक्त विजेता घोषणा गरिएको छ ।
यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत १०८० जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा ३६ जना विजेताले रु १०,००० नगद र ३ जनाले रु १००,००० नगद प्राप्त गरिसकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो ।
सिटी एक्सप्रेसको लखपति एक्सप्रेस उपहार योजना अन्तर्गत लक्कीड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १२ जनालाई, त्यसैगरी साप्ताहिक रुपमारु १०,००० तीन जनालाई र हरेक महिना लक्कीड्रमा विजयी हुने एक जनाले रु १००,००० र अन्त्यमा एक जना भाग्यशाली विजेतालेरु १२,००,००० बम्पर उपहार प्राप्त गर्ने प्रावधान राखिएको थियो ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो १२ औं बार्षिकोत्सवको उपलक्ष्यका साथै दसै, तिहार र छठ्लाई लक्षित गर्दै यस लखपति एक्सप्रेस योजनाको आयोजना गरेको थियो । यो योजनाअसोज १ गते देखि मंसिर २९ गते सम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: