मंगलबार पनि बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रति तोला ६१ हजार ४ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ६१ हजार ५ सय मुल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५२ हजार ७ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ६० रुपैयाँ कायम गरेको छ ।
प्रकाशित : Tuesday, January 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal