×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमईको खुद नाफा २५.४५% वृद्धि हुनुमा यस्तो छ कारण

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

ग्लोबल आइएमईको खुद नाफा २५.४५% वृद्धि हुनुमा यस्तो छ कारण

काठमाडौं – ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा १ अर्ब २२ करोड ९३ लाख ८६ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २५.४५% ले धेरै हो। गत वर्ष यसै अवधिमा बैंकले ९७ करोड ९९ लाख २५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
यता बैंकले खुद ब्याज आम्दानी २८.१७% ले बढाएर २ अर्ब ३८ करोड १० लाख ८० हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा पनि २६.२४% ले बढोत्तरी गरेर १ अर्ब ७४ करोड ११ लाख ७४ हजार पुर्याएको छ । बैंकको खुद नाफा वृद्धि हुनुमा खुद ब्याज आम्दानी र सञ्चालन नाफाले सघाउ पुर्याएको छ। 
बैंकले यस त्रैमासमा  १ खर्ब १३ अर्ब १७ करोड ५९ लाख ५३ हजार निक्षेप संकलन गरेर १ खर्ब २ अर्ब ४० करोड ८४ लाख ५५ हजार कर्जा प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पुँजी  १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ छ भने जगेडा कोषमा  ४ अर्ब ४८ करोड ८५ लाख ३९ हजार रुपैयाँ जम्मा भएको छ ।
बैंकको खराब कर्जा ०.७५% छ भने प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ५३ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: