×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको नयाँ शाखा भैरहवाको देवकोटा चोकमा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको नयाँ शाखा भैरहवाको देवकोटा चोकमा

काठमाडौँ – गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले रुपन्देही, भैरहवाको देवकोटा चोकमा नयाँ शाखा विस्तार गरेको छ । नयाँ शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, भैरहवाका निर्देशक अशोक कुमार पौडेलबाट संस्थाका अध्यक्ष श्रीमान श्रेष्ठ, पूर्व अध्यक्ष राजेश लाल श्रेष्ठ, तथा प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठको समुपस्थितिमा भएको हो । 
८० करोड चुक्ता पूँजी रहेको संस्थाको जगेडा कोषमा १५ करोड ९७ लाख रहेको छ । ०७५ पौष मसान्त सम्म निक्षेप संकलन ३ अर्ब ३० करोड तथा कर्जा २ अर्ब ९० करोड प्रवाह गरी ५ करोड २६ लाख संचालन मुनाफा आर्जन गरेको छ 
एटिएम सेवा, एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ इसीसी,आईपिएस सेवा, लक्क, सुविधा विभिन्न विप्रेशन सेवा तथा डीपी सेवा र सी-आस्वा लगायत अन्य बैंकिङ सेवा ग्राहकलाई दिदै आएको छ । चाडै नै बुटवल रुपन्देहीमा थप नयाँ शाखा विस्तार हुने संस्थाले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: