×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकले शुरु गर्यो मास्टरकार्ड सेवा, सामान खरिदमा २०% छुट

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ पुष २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

हिमालयन बैंकले शुरु गर्यो मास्टरकार्ड सेवा, सामान खरिदमा २०% छुट

काठमाडौँ – हिमालयन बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक मास्टरकार्डको अत्याधुनिक, थप सुरक्षित चिप र पिन प्रविधियुक्त डेबिट कार्डको सेवा आजबाट शुरु गरेको छ । बैंकद्वारा आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) अशोक शम्सेर राणा र मास्टरकार्डका दक्षिण एसिया क्षेत्रीय प्रमुख पोरुष सिंहले सो कार्ड सेवाको शुभारम्भ गरेका हुन् ।
सो अवसरमा सिइओ राणाले उक्त कार्डद्वारा बैंकका ग्राहकले अझबढी सेवा सुबिधा सुरक्षित रुपमा पाउने विश्वास व्यक्त गरे ।मास्टरकार्डका क्षेत्रीय प्रमुख सिंहले पछिल्ला वर्षहरुमा नेपालले डिजिटल भुक्तानी प्रणालीमा र कार्डको प्रयोगमा उच्च प्रगति गरेको हुँदा मास्टरकार्डले उक्त प्रगतिपथमा हिमालयन बैंकसँग सहकार्य गर्न पाउँदा गौरवान्वित भएको बताए ।
हिमालयन बैंकका ग्राहकले मास्टरकार्डबाट कारोबार गरी सामान खरिद गर्दा वा रकम भुक्तानी गर्दा विभिन्न मर्चेन्टहरु(होटल, रेष्टुराँ, पब लगायत अन्य पसलहरु)मा २० प्रतिशतसम्म छुट पाउने छन् ।
बैंकले नयाँ खाता खोल्ने ग्राहकहरुका लागि सो कार्ड निःशुल्क प्रदान गर्ने जनाएको छ । हिमालयन बैंकका ग्राहकहरुले देशभर भएका ५७ वटै शाखाहरुबाट उक्त कार्ड लिन सक्ने तथा १११ वटा एटीएम मार्फत प्रयोग गर्न सक्नेछन् । साथै उक्त कार्ड नेपाल र भारतका पस मेशिनहरुमा प्रयोग गर्दा कुनैपनि शुल्क नलाग्ने बैंकले जानकारी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: