×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा र सानिमा इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शखाबाट निर्जीबन बीमा पोलिसी खरिद गर्न सकिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ माघ २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

कामना सेवा र सानिमा इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शखाबाट निर्जीबन बीमा पोलिसी खरिद गर्न सकिने

काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेड र सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सेवा आदान प्रदान सम्बन्धी सम्झौता भएको छ । 
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सानिमा ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सुबोध लाल श्रेष्ठले हस्ताक्षेर गरे ।
यस सम्झौता अनुसार अब कामना सेवा विकास बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रुपमा सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभाविन्त हुने बैंकले जनाएको छ ।
हाल यस बैंकले देशभरी आफ्ना ६३ वटा शाखा तथा १७ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: