×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा र जनरल इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट निर्जीबन बीमा पोलिसी खरिद गर्न सकिने

PRIME CA

कामना सेवा र जनरल इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट निर्जीबन बीमा पोलिसी खरिद गर्न सकिने

१७ पुष २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच सेवा आदान प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तर्फबाट महा प्रबन्धक एस. के. टमोटले हस्ताक्षर गरे ।
यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६२ वटै शाखाहरुबाट सहज रुपमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभाविन्त हुने बैंकले जनाएको छ ।
हाल यस बैंकले देशभरी आफ्ना ६२ वटा शाखा तथा १७ वटा ब्त्ः मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: