×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकले गर्यो ८.५०% बोनस सेयर दिने घोषणा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ पुष २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

लक्ष्मी बैंकले गर्यो ८.५०% बोनस सेयर दिने घोषणा

काठमाडौं : लक्ष्मी बैंकले ८.५०% बोनस सेयर दिने घोषणा गरेको छ । बैंकको पौष २५ गते (बुधबार) बसेको सञ्चालक समिति २१० औं बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट कायम चुक्ता पुँजीको ८.५०% बोनस सेयर र बोनसमा लाग्ने कर तिर्नको लागि ०.४५% नगद लाभांश पनिदिने निर्णय गरेको हो । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । लक्ष्मी बैंकको हाल चुक्ता पुँजी ८ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ छ । यसमा प्रस्तावित ८.५०% बोनस सेयर वितरणपछि पुँजी ८ अर्ब ९२ करोड ५ लाख ८ हजार रुपैयाँ पुग्नेछ ।
हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: