माछापुच्छ्रे बैंकका नव निर्वाचित अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोद्वारा सपथ ग्रहण

काठमाडौँ - माछापुच्छ्रे बैंकको नव निर्वाचित अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले  सपथ ग्रहण गरेका छन् । पौष २० गते बसेको बैंकको २०औं साधारण सभाबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका महतोले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपाल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बैंकको उक्त साधारण सभाबाट रोशन के. सी. र गोपीकृष्ण न्यौपाने पनि सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका थिए ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १४२ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १११ वटा एटीएमहरु सञ्चालनमा छन्  ।
प्रकाशित मिति : Tuesday, January 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal