×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिसन डेभलपमेन्ट बैंकको खुद नाफा ८.६४% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

मिसन डेभलपमेन्ट बैंकको खुद नाफा ८.६४% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?

काठमाडौं – मिसन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्बजनीक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ८.६४% ले वृद्धि गरि ४ करोड ७ लाख २६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यता बैंकले खुद ब्याज आम्दानीमा २.०८% ले बढोत्तरी गरेर ९ करोड ९९ लाख १९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ८ करोड २७ लाख रुपैयाँ आर्जन गरेको थियो । बैंकको सञ्चालन नाफा पनि ५ करोड ८८ लाख रुपैयाँबाट बढेर ६ करोड ३९ लाख ९८ हजार रुपैयाँ पुगेको छ । 
बैंकले ७ अर्ब ७९ करोड ८५ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १२ करोड ८८ लाख १२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल यसको चुक्ता पुँजी ५७ करोड ६४ लाख रुपैयाँ छ भने जगेडा कोषमा ९ करोड ६७ लाख ६९ हजार रुपैयाँ जम्मा भएको छ । 
बैंकको खराब कर्जा ०.३२% रहेको छ भने प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ६४ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: