एन कृष्ण स्वामीलाई नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)को सम्मानार्थ सदस्यता प्रदान (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) ले चार्टड एकाउन्टेन्ट एन कृष्ण स्वामीलाई सम्मानार्थ सदस्यता प्रदान गरेको छ । नेपाली नागरिकलाई मात्र सदस्यता दिने संघले संघको विधान १० (ग)लाई प्रयोग गरी भारतीय नागरिक सिए स्वामीलाई सम्मानार्थ सदस्यता दिएको हो । 

संघले आयोजना गरेको सिए कन्फेरेन्स २०७५ को अवसरमा उनलाई यो सदस्यता दिइएको हो । उक्त भव्य कार्यक्रममा स्वामीले नेपाली लेखा व्यवसायमा पुर्याउनुभएको योगदानमा आधारित भिडियो सामाग्रीसमेत प्रस्तुत गरिएको थियो । हेर्नुहोस् भिडियो :
प्रकाशित मिति : Friday, January 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal