×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंक ‘एक्यान अवार्ड अफ एक्सिलेन्स’बाट सम्मानित (फोटो / भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

एनआईसी एशिया बैंक ‘एक्यान अवार्ड अफ एक्सिलेन्स’बाट सम्मानित (फोटो / भिडियो)

  • सिए सरोकार संबाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)ले देशकै अग्रणी निजी बैंक एनआइसी एशिया बैंकलाई सम्मान गरेको छ । संघले सबैभन्दा बढी सिएहरुलाई रोजगारी दिएर नेपाली सिए क्षेत्रमा अतुलनीय योगदान दिएको भन्दै बैंकलाई ‘एक्यान अवार्ड अफ एक्सिलेन्स’द्वारा सम्मान गरेको हो । एनआइसी एशिया बैंक देशको सबैभन्दा बढी सिएलाई रोजगारी दिने बैंक हो । 
पूर्व अर्थमन्त्री तथा वर्तमान जलस्रोत तथा उर्जामन्त्री बर्षमान पुनले एनआइसी एशिया बैंकका प्रतिनिधिलाई दोसल्ला र सम्मानपत्र प्रदान गरी यो अवार्ड प्रदान गरेका थिए । संघले एनआइसी एशिया बैंकसहित ३ संस्था / व्यक्तिहरुलाई यो अवार्ड प्रदान गरेको थियो । 
संघले सबैभन्दा बढी सिएलाई रोजगारी दिने एनआइसी एशिया बैंक, नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाका पहिलो अध्यक्ष कोमल बहादुर चित्रकार र अर्थ सरोकार डटकमका सम्पादक सुरज प्याकुरेललाई यो अवार्ड प्रदान गरेको हो । उक्त सम्मान बैंकका सीइओ सिए रोशन न्यौपानेले लिने भन्ने पूर्वनिर्धारित कार्यक्रम भएपनि बोर्ड बैठकका कारण न्यौपाने आउन नसकेपछि बैंकका प्रतिनिधि चार्टड एकाउन्टेन्ट श्रीराम बास्तोलाले यो अवार्ड लिएका थिए । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: