×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंक र वोल्ड रेमिटबीच सम्झौता, ५० भन्दा बढी देशबाट कारोबार गर्न सकिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ पुष २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

एनआईसी एशिया बैंक र वोल्ड रेमिटबीच सम्झौता, ५० भन्दा बढी देशबाट कारोबार गर्न सकिने

काठमाडौं – एनआईसी एशिया बैंकले वोल्ड रेमिटसँगको सहकार्यमा ५० भन्दा बढी देशबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा वोल्ड रेमिट, यूकेसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको हो । वोल्ड रेमिटको न्यूनतम शुल्क तथा ठूलो साझेदार विस्तारका कारण नेपालमा आउने वोल्ड रेमिट मार्फतका कारोवार वार्षिक १६०५ ले वृद्धि भइरहेको छ ।
उक्त सम्झौता अनुसार वोल्ड रेमिट मार्फत कतार, साउदी अरबिया, युएई, कुवेत, जापान, क्यानडा, अष्ट्रेलिया, न्यूजलेन्याण्ड, यूके, यूएस्ए र यूरोप लगायत विभिन्न ५० भन्दा बढी देशमा रहेका छन् ।
नेपालीहरुले नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले तुरुन्त भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको २७० वटा शाखा कार्यालयहरु तथा ६ हजार ७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।
वोल्ड रेमिटको ग्राहकले एजेन्टका मार्फत विप्रेषण सेवा नलिकन आफै आफ्नो मोवाइल मार्फत परिवार तथा साथीहरुलाई तुरुन्त भुक्तानी पाउने गरी पैसा पठाउन सक्ने व्यवस्था रहेको छ । यो सेवाले ग्राहकको समय तथा पैसाको बचत हुनेछ । वोल्ड रेमिटले ग्राहकहरुलाई आफ्नो परिवार तथा साथीहरुलाई विभिन्न माध्यम जस्तै केस पिकअप तथा व्याक टान्सफरद्वारा पैसा पठाउने सेवा दिइरहेको छ ।
मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्स्टेन्सन काउण्टर एवं २२ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६९ अर्ब तथा कुलकर्जा करिब रू. १४७ अर्ब रहेको छ । हालसम्म बैंकका ग्राहक संख्या करिब १४ लाख रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: