×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकको दोस्रो त्रैमास : खुद नाफा १८.४५% ले वृद्धि गरि पुर्यायो २ अर्ब १७ करोड ६८ लाख ६२ हजार रुपैयाँ

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

नबिल बैंकको दोस्रो त्रैमास : खुद नाफा १८.४५% ले वृद्धि गरि पुर्यायो २ अर्ब १७ करोड ६८ लाख ६२ हजार रुपैयाँ

काठमाडौं – नबिल बैंकले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ। सार्वजनिक भएको विवरण अनुसार बैंकले खुद नाफा  १८.४५% ले वृद्धि गरि २ अर्ब १७ करोड ६८ लाख ६२ हजार रुपैयाँ कमाएको छ ।  गत वर्ष यसै अवधिमा बैंकको खुद नाफा १ अर्ब ८३ करोड ७७ लाख ८४ हजार रहेको थियो । 
बैंकले खुद ब्याज आम्दानी २३.०१% ले बढाएर ३ अर्ब ६१ करोड १३ लाख ५५ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफामा २०.३३% ले वृद्धि गरी ४ अर्ब ४६ करोड ६९ लाख ३४ हजार पुर्याएको छ । 
बैंकले १ खर्ब ४९ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ३० अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको  छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ छ । जगेडा कोष ८४.८९% बढाएर १४ अर्ब ५२ करोड ३७ लाख ५३ हजार रुपैयाँ पुर्याएको छ । 
बैंकको खराब कर्जा अनुपात ०.६२% रहेको छ भने प्रतिसेयर आम्दानी ५४ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ५७ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: