नेपाल एसबीआई बैंक साधारण सभा सुरु, १५.७९% लाभांशसहित के-के प्रस्ताव पेस गर्दै ?


एजिएम नोटिस :
कम्पनी : नेपाल एसबीआई बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : आज (पुस ३० गते, सोमबार)

विवरण : 
नेपाल एसबीआई बैंकको साधारण सभा आज त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे सुरु भएको छ । बैंकले साधारण सभा गर्नको लागि  पुस १८ गतेदेखि बूक क्लोज गरेको छ ।

पेस गर्ने प्रस्तावहरु :
५% बोनस सेयर र १०.७९% नगद लाभांश दिने ।
बैंकको सहायक कम्पनी (नेपाल एसबीआई मर्चेन्ट बैंकिङको आर्थिक वर्ष २०७४।७५ को वित्तीय विवरण स्वीकृत गर्ने ।
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्ताव पेस गरिने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने। 

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ४ करोड ६९ लाख ५ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार २५० रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ४८ करोड ५३ लाख ६३ हजार रुपैयाँ
प्रकाशित : Monday, January 14, 2019

recent

Popular Posts