नेपाल टेलिकमले बोलायो साधारण सभा दिउँसो ३ बजे, सभामा ५५% नगद लाभांश प्रस्ताव पेस गरिने

एजिएम नोटिस :
कम्पनी : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
इभेन्ट : साधारण सभा
हुने मिति : आज (पुस ३० गते, सोमबार)

विवरण : 
सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले एघारौं वार्षिक साधारण सभा आज त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा दिउसो ३ बजे बोलाएको छ । सभाका लागि कम्पनीले पुस १५ देखि ३० गतेसम्म बुक क्लोज गरेको छ । 

पेस गर्ने प्रस्तावहरु :
५५% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन सहित सोही अवधिसम्मको वासलात, नाफा–नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने ।
आर्थिक वर्ष २०७५–७६ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने  ।

कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ४ अर्ब ४९ करोड ६ लाख ४४ हजार ५२१ रुपैयाँ 
कम्पनीको प्रतिसेयर आम्दानी : ११९ रुपैयाँ ७५ पैसा
प्रतिसेयर नेटवर्थ : ६८६ रुपैयाँ ६० पैसा ।
प्रकाशित : Monday, January 14, 2019

recent

Popular Posts