×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन् २०१९ सालमा कुन राशि भएका व्यक्तिको कति कमाउने योग छ ? (हेरौं २०१९ सालको बार्षिक आर्थिक राशिफल)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ पुष २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

सन् २०१९ सालमा कुन राशि भएका व्यक्तिको कति कमाउने योग छ ? (हेरौं २०१९ सालको बार्षिक आर्थिक राशिफल)

अंग्रेजी पात्रो अनुसार नयाँ बर्ष २०१९ सुरु भएको छ । पुष १७ देखि अर्को पुष १६ गतेसम्मा विभिन्न राशीको फल हेरी यो राशिफल तैयार गरिएको छ ।   
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ  )
सन् २०१९ मेष राशिका लागि औसत मात्र छ । फलामको व्यापार फाप्ने योग छ । नयाँ व्यवसाय भने सुरु गर्ने ठीक समय छैन । सरकारी जागिरमा भने प्रमोसनको योग छ । घर-परिवारका लागि बढी खर्च हुने देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ व्यवसाय सुरु गर्नेहरुका लागि अप्रिलपछिको समय ठिक छ । खर्च बढ्ने देखिन्छ । नोकरीमा खास सफलता प्राप्त गर्न सकिने योग छैन । अप्रिलपछीका समय फलदायी हुनेछन् । मार्च महिनामा सुन नकिन्नुहोला । धातुको व्यापार फाप्ला । 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मेहेनतको राम्रो प्रतिफल पाइएला । सेयर बजारमा केहि बढी तनाव बेहोर्नुपर्ने योग छ । पर्यटन क्षेत्रमा काम गर्नेहरुका लागि यो बर्ष फाइदाको बर्ष रहनेछ । सरकारी काम काजमा सफलता मिल्नेछ । विदेश भ्रमणको योग पनि छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आर्थिक दृष्टिले यो समय सुझबुझ र समझदारीमा निर्भर रहने समय हो । घुमघाममा बढी नै खर्च हुने योग छ । बैदेशिक रोजगारमा हुनेहरुका लागि समय राम्रो छ । नोकरीमा प्रमोसनको योग छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जोसुकैसित आँखा चिम्लिएर विश्वास गर्नु लाभकारी हुन्न, सञ्चित धन नाश हुने खतरा छ । खर्च पनि नियन्त्रण हुनेछ । जेठ महिनामा केहि धनमाल हराउने योग भएकाले सजग रहनुहोला । सरकारी जागिर खानेहरूका लागि पनि यो बर्ष निकै राम्रो छ । ऋणमा फसिने योग छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
ऋणको मात्रा पनि बढ्ने देखिन्छ । पूराना ऋणहरु तिर्ने योग छ ।  बैदेशिक रोजगारमा गएकाहरुका लागि समय त्यति राम्रो छैन । सकेसम्म यो बर्ष अरुलाई सापट वा ऋण नदिनुहोला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बन्दव्यापारमा साझेदारप्रति सशङ्कित हुनुपर्छ, तपाईंविरुद्ध षड्यन्त्रको योजना बन्नसक्छ ।कपडाको व्यापार गर्नेहरुका लागि समय निकै उत्तम छ । फसेको ठाउँबाट पनि पैसा असुल उपर हुने योग छ । सेयर बजारमा लागेकाहरुका लागि समय औसत छ । खर्च नियन्त्रण गर्न भने समस्या हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  
धन मनग्य कमाउने योग छ ।घुमघाममा बढी खर्च हुने योग छ । धनमाल हराउने योग पनि भएकाले सजग रहनुहोला । सकेसम्म यो बर्ष धातुमा खर्च नगरेको राम्रो हुन्छ । बैदेशिक रोजगारमा जानेहरुका लागि समय निकै राम्रो छ । यो बर्ष यो राशिलाई जागिरभन्दा व्यापार नै फाप्ला । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ काम सुरु गरेमा बढी फाइदा होला । देश विदेशको घुमघामको योग बढी छ । आर्थिक दृष्टिले यो वर्ष लाभदायक र आशावादी परिणाम प्राप्त हुने सम्भावना छ । अनावश्यक खर्च हुने योग छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सेयर बजारमा लगानी गरेकाहरुले बिचार पुर्याउनु होला । ऋणमा डुबिने योग छ । जागिरमा प्रमोसनको सम्भावना कम भएपनि व्यापार गर्नेहरुका लागि निकै राम्रो समय छ । होटल व्यवसाय गर्नेहरुका लागि यो बर्ष निकै फाइदाजनक देखिन्छ । पैसा फस्ने योग भएकाले बिचार गर्नुहोला । फुर्मासी बढी खर्च हुने योग छ ।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सकेसम्म कर्कट राशिसँग आर्थिक कारोबार गर्नुहोला भने मिथुन राशिसंग आर्थिक कारोबार कम गर्नुहोला । आर्थिक पक्ष बलियो बन्नेछ । पैसा मनग्य कमाउने योग छ । विशेषगरी व्यापारमा लागेकाहरुका लागि समय निकै राम्रो छ ।  घुमफिरमा बढी खर्च भएपनि त्यसको प्रतिफल समेत पाउने योग छ । नोकरी भन्दा व्यापार गर्नेहरुका लागि समय उत्तम छ । 
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कर्कट राशिसँग अलि टाढा नै बस्दा रार्मो होला । सेयर बजारमा लगानी गर्नेहरुका लागि समय उत्तम छ । बिदेशीक भ्रमणको योग छ ।लागेको ऋण समेत तिर्ने योग छ । 

प्रस्तुती : पण्डित श्रीधर पौडेल   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: