सबैको लघुवित्तको खुद नाफा १ करोड २० लाख ५५ हजार रुपैयाँ, खुद ब्याज आम्दानी कति ?

काठमाडौं - सबैको लघुवित्तले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।  सार्बजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा १ करोड २० लाख ५५ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यो कम्पनी ५२ लाख ५५ हजार रुपैयाँ घाटामा थियो । 

कम्पनीले खुद ब्याज आम्दानी पनि ४३०.७६% ले बढाएर २ करोड ७९ लाख ४५ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा १ करोड ८९ लाख ४३ हजार रुपैयाँ पुर्याएको छ ।

कम्पनीको खराब कर्जा ०.०३% रहेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ११ करोड २० लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा १ करोड ३१ लाख ७४ हजार रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : Thursday, January 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal