×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समता माइक्रोफाइनान्सको आकर्षक प्रगति, खुद नाफा १८०.२७% वृद्धि हुनुमा यस्ता छन् कारणहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

समता माइक्रोफाइनान्सको आकर्षक प्रगति, खुद नाफा १८०.२७% वृद्धि हुनुमा यस्ता छन् कारणहरु

काठमाडौं –  समता माइक्रोफाइनान्स वित्तीय संस्थाको आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ।  सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा १८०.२७%  वृद्धि गरि ७२ लाख १७ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा  २५ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको थियो ।
यसै गरि संस्थाले खुद ब्याज आम्दानी ६३.७५% ले बढोत्तरी गरेर २ करोड ८३ लाख ६८ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा १ करोड रुपैयाँ पुगेको छ । 
यस दोस्रो त्रैमाससम्ममा संस्थाले ३६ करोड ७१ लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब २ करोड ५१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । हाल संस्थाको चुक्ता पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ छ भने जगेडा कोषमा  ३ करोड ७८ लाख रुपैयाँ जम्मा रहेको छ ।
यता, संस्थाको खराब कर्जा ०.६४% रहेको छ भने प्रतिसेयर आम्दानी (वार्षिक) २५ रुपैयाँ ३८ पैसा र प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ४७ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: