×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा १६.७२% ले वृद्धि, खुद ब्याज आम्दानी कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ माघ २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा १६.७२% ले वृद्धि, खुद ब्याज आम्दानी कति ?

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ। सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा १६.७२% ले वृद्धि गर्दै १८ करोड ६९ लाख ६६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले १८ करोड १ लाख ८२ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । 
खुद ब्याज आम्दानीमा पनि ३१.५२% ले वृद्धि भएको छ । गत वर्ष यो बैंकले ३५ करोड ६१ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले अहिले बढाएर ४६ करोड ८३ लाख ७९ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा पनि २५ करोड १७ लाख रुपैयाँबाट बढेर २९ करोड ३५ लाख ४२ हजार रुपैयाँ पुगेको छ । 
बैंकले १८ अर्ब ३९ करोड ७६ लाख ६२ हजार रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ७३ करोड ५७ लाख २७ हजार कर्जा लगानी गरेको छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ६७ करोड ५० लाख ४३ हजार रुपैयाँको जम्मा भएको छ । बैंकको खराब कर्जा १.२४% रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: