शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सीएसआर, रुपन्देहीको शंकरनगरमा निशुल्क आँखा शिबिर सञ्चालन


काठमाडौँ - रुपन्देहीको बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले समाजसंग बैंक भन्ने नाराका साथ सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको शंकरनगरमा लायन्स आंखा अस्पताल बुटवलसँगको सहकार्यमा निशुल्क आंखा शिबिर सञ्चालन गरेको छ । 

शंकरनगर शाखा कार्यालय परिसरमा सञ्चालन गरिएको उक्त शिविरमा ४२६ जना बिरामीको निशुल्क आंखा परिक्षण गरिएको थियो । आंखा परिक्षण गरिएका मध्ये १९ जना बिरामीहरुको आंखाको शल्यक्रिया गर्नुपर्ने भएकाले लायन्स आखा अस्पताल बुटवलमा निज विरामीहरुको निशुल्क शल्यक्रिया गर्ने व्यवस्था बैंकले मिलाइएको छ ।
प्रकाशित : Tuesday, January 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal