शिव श्री हाइड्रोपावरको १४ लाख ७६ हजार ४०० कित्ता आइपिओ आउँदै, अधिकतम ७ हजार ३८० कित्तासम्म भर्न पाइने


आइपिओ नोटिस :
इभेन्ट : शिव श्री हाइड्रोपावर
खुला हुने मिति : पुस २७ गते
भर्ने अन्तिम मिति : माघ ११ गते
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता :७ हजार ३८० कित्ता

विवरण : 
शिव श्री हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयलाई पुस २७ गतेदेखि १४ लाख ७६ हजार ४०० कित्ता आइपीओ बिक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई १४ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको आइपिओ  बिक्री खुला गर्न लागेको हो । 

आयोजना प्रभावितलाई सेयर जारी गरेपछि कम्पनीले फेरि सर्वसाधारण र कर्मचारीलाई गरी कुल २२ लाख १४ हजार ६०० (१५%) कित्ता सेयर आइपीओ निष्कासन गर्नेछ । स्थानीयको आइपीओमा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका, त्रिपुरा गाउँपालिका र सुनकोशी गाउँपालिकाका आयोजना प्रभावित बासिन्दाले मात्र आवेदन दिन सक्नेछन् ।

आवेदन दिन सकिने शाखाहरु :
सिद्धार्थ क्यापिटल
भोटेकोशी गाउँपालिका कार्यालयबाट
सिन्धु विकास बैंक, नेपाल बंगलादेश बैंक, सिभिल बैंक, एनआइसी एसिया र हिमालयन बैंकको शाखाबाट 

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब १० करोड ७३ लाख रुपैयाँ
आइपिओ बिक्रीपछि चुक्ता पूँजी : १ अर्ब २५ करोड ४९ लाख ४० हजार रुपैयाँ पुग्ने
प्रकाशित मिति : Thursday, January 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal