सनराइज क्यापिटलद्धारा शेयरधनीलाई २०% नगद लाभांस घोषण

काठमाडौँ - सनराइज क्यापिटल लिमिटेडको आठौँ बार्षिक साधारण सभा पौष २८ गते शनिबार सम्पन्न भएको छ । साधारण सभामा सञ्चालक समितिले सिफारिस गरे बमोजिम लगानीकर्तालाई आ.ब. २०७४/०७५ को मुनाफाबाट २०% नगद लाभांस दिने घोषणा गरेको छ ।

सञ्चालक समितिले सिफारिस गरे बमोजिम साधारण सभामा अध्यक्षद्धारा प्रस्तुत आ.ब.२०७४/०७५ को बार्षिक प्रतिवेदन, लेखा परिक्षकका प्रतिवेदन पारित गर्नुका साथै आ.बा. २०७५/०७६ को लेखा परिक्षकका लागि लेखा परिक्षकमा वसौला एण्ड एशोसिएटस्लाई नियुक्त गरेको छ । 

कम्पनीको त्यस सभाले आफ्नो नियमावली संशोधन गरी २ स्वतन्त्र संचालक सहित कुल ६ जनाको सञ्चालक समिती कायम गर्ने निर्णय गरेको छ ।
प्रकाशित : Monday, January 14, 2019

recent

Popular Posts