×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिनाउ विकास बैंकको उकालो लाग्ने प्रयास, खुद नाफा १.९४% ले वृद्धि

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० माघ २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

तिनाउ विकास बैंकको उकालो लाग्ने प्रयास, खुद नाफा १.९४% ले वृद्धि

काठमाडौं – तिनाउ विकास बैंकको आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा १.९४% ले वृद्धि गरेर ४ करोड ७ लाख ४८ हजार रुपैयाँ कमाएको छ । गत वर्ष तिनाउले ३ करोड ९९ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यता बैंकको खुद ब्याज आम्दानी १९.६४% बढोत्तरी गरेर ९ करोड ६० लाख ७८ हजार रुपैयाँ आर्जन गरेको छ भने  सञ्चालन नाफा ५.५८% वृद्धि गरेर ५ करोड ४९ लाख १३ हजार रुपैयाँ पुर्याइएको छ । 
यस त्रैमास सम्ममा बैंकको निक्षेप संकलन ५ अर्ब १७ करोड ३८ लाख २ हजार रुपैयाँ रहेको छ भने ४ अर्ब ४१ करोड २३ लाख ५५ हजार रुपैयाँ कर्जा प्रवाह  गरेको छ । यता बैंकको चुक्ता पुँजी ५० करोड ६ लाख ३४ हजार रुपैयाँ छ भने जगेडा कोषमा १८ करोड ७६ लाख ५१ हजार रुपैयाँ रहेको छ । 
बैंकको खराब कर्जा ०.४६% रहेको छ भने प्रतिसेयर आम्दानी १६ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ०२ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: