युनिभर्सल पावरको २१ लाख ३५० कित्ता आइपीओ भर्न अव २ दिन मात्र बाकी , कहाँ जाने भर्न ?

आइपिओ नोटिस :
कम्पनी : युनिभर्सल पावर कम्पनी
खुला भएको मिति : पुस १५ गते, आइतबार
भर्ने अन्तिम मिति : आइतबार (पुस २९ गते)
कित्ता : २१ लाख ३५० कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ५ लाख कित्ता

विवरण : 
युनिभर्सल पावर कम्पनीले २१ लाख ३५० कित्ता आइपीओ भर्न अव २ दिन मात्र समय बिक्री रहेको छ । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्री गर्न लागेको हो । यसमा दोलखा जिल्लाका गैरिशंकर, कालिञ्चोक र विगु गाउँपालिकाका स्थानीयले पुस २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आवेदन दिन सकिने शाखाहरु :
सिटिजन्स, एनआइसी एसिया, सिद्धार्थ र कृषि विकास बैंकको तथा महालक्ष्मी विकास बैंकको चरिकोट शाखाबाट ।
सिन्धु विकास बैंकको मुडे, चरिकोट र सिंगटी शाखा तथा हिमालयन बैंकको गौरिशंकर शाखाबाट ।
प्रकाशित : Thursday, January 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal