×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उन्नति माइक्रोफाइनान्सले पायो २०% हकप्रद बेच्ने अनुमति, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ पुष २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

उन्नति माइक्रोफाइनान्सले पायो २०% हकप्रद बेच्ने अनुमति, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं : उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले २०% हकप्रद बिक्री गर्ने भएको छ । संस्थाले उक्त हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पपाएको हो । बोर्डले संस्थालाई ५ः१ अनुपातमा १ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । 
संस्थाले हाल कायम चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँको २०% हकप्रद बिक्री गर्न लागेको हो । संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८४ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसको प्रतिसेयर आम्दानी ६१ रुपैयाँ ४६ पैसा र प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ २२ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: