पूर्व अर्थमन्त्री भन्छन्, 'सरकार हावा र उडन्ते भयो, प्रचण्ड र ओलीको आफ्नो क्षेत्रमा भ्यू टावर बनाउन लाग्नु गलत' (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो 
पुर्व अर्थमन्त्री रामशरण महतले पूँजी निर्माण र लगानी वृद्धिमा भन्दा सरकार फजुल खर्चमा अघि बढेको आरोप लगाएका छन्। राजधानी काठमाण्डौमा सनिबार फियन बचत तथा ऋण सहकारी संस्थाको आठौँ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै पुर्व अर्थमन्त्री महतले सरकार मुलुकको समग्र आर्थिक विकासका लागि गम्भीर नबनेको बताएका हुन् ।

उनले सरकार उडन्ते र हावादारी कुरामा हिडेको आरोप पनि लगाए । सत्तारुढ दलका दुई अध्यक्षले आ आफ्ना निर्वाचन क्षेत्रमा भ्यू टावर निर्माण र शहरी विकास आयोजनाको नाममा ठुलो रकम खर्च गर्नु गलत भएको टिप्पणीसमेत उनले गरे ।

उनले जनताका आधारभुत आवश्यकता, सडक विस्तार लगायत क्षेत्रलाई सरकारले प्राथमिकता दिन नसकेको आरोप पनि लगाए ।
प्रकाशित मिति : Sunday, January 06, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal