×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा र नेपाल रेमिटबीच सम्झौता, बैंकको सबै शाखाबाट विप्रेषण कारोबार सम्बन्धी सेवा लिन सकिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ माघ २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

कामना सेवा र नेपाल रेमिटबीच सम्झौता, बैंकको सबै शाखाबाट विप्रेषण कारोबार सम्बन्धी सेवा लिन सकिने

काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेड र नेपाल रेमिट इटरनेशनल प्रा. लि.बीच विप्रेषण कारोबार सेवा प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्तक्षर भएको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६३ वटै शाखाहरुबाट सहज रुपमा नेपाल रेमिट इटरनेशनल प्रा. लि.को विप्रेषण कारोबार सेवा प्रदान गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट तथा त्रान्जेक्सन बैकिङ्ग प्रमुख  सुवास भट्टराई र नेपाल रेमिट इटरनेशनल प्रा. लि को तर्फबाट कार्यकारी निर्देशक सुमित मित्तलले हस्तक्षर गरेका थियो ।
बैंकले देशका विभिन्न भागहरुमा ६३ वटा शाखा तथा १७ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: