×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र ए.एम.भी. टेल कम्पनीबीच त्रि–पक्षीय सम्झौता, यस्ता छन् सम्झौताका बुदाँहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ माघ २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र ए.एम.भी. टेल कम्पनीबीच त्रि–पक्षीय सम्झौता, यस्ता छन् सम्झौताका बुदाँहरु

काठमाडौँ – माछापुच्छ्रे बैंक, टाइम्स रेमीट र ए.एम.भी. टेल कम्पनी बीच बैंकका ग्राहकहरुका साथै सर्वसाधारणका लागी सुविधा स्वरुप रेमिटएप (Remitap) मोबाइल वालेट सेवा सम्बन्धी त्रि–पक्षीय सम्झौता भएको छ । 
सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा टाइम्स रेमीट र ए.एम.भी. टेल को तर्फबाट क्रमशः प्रबन्ध निर्देशक अनिल स्थापित र प्रबन्ध निर्देशक अनिल शर्माले हस्ताक्षर गर्नुभयो । यस समारोहमा टाइम्स रेमीटका महा प्रबन्धक सुदन सिंह सिलवालको पनि उपस्थिती रहेको थियो । 
सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहक एवंम सर्वसाधारणले रेमिटएप वालेट प्रयोग गरी विदेशबाट आफ्ना आफन्तहरुलाई रेमिटेन्स पठाउन सक्नेछन् । साथै डोमेस्टिक रेमिटेन्स र बिल भुक्तानीको सुविधा पनि उपभोग गर्न पाउनेछन् । बिल भुक्तानीका अलावा ग्राहकहरुले आफ्नो बैंक खाताबाट वालेटमा तथा वालेटबाट बैंक खातामा आफुले चाहेको रकम समेत स्थानान्तरण गर्न सक्नेछन् । यस रेमिटएप (Remitap), आईओएस(ios) तथा एन्ड्रोएड(android) दुबै ओपरेटीङ सिस्टम प्रयोगकर्ताको लागी उपलब्ध छ ।
बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ९० वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १४४ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १११ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: