वाइडबडी खरिद प्रकरण : १७ मिनेटको भिडियोमा हेर्नुहोस् पर्यटनमन्त्री रविन्द्र अधिकारीले दिएको स्पष्टीकरण


काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले नेपाल बायुसेवा निगमले खरिद गरेका २ वटा वाइडबडी जहाज खरिदमा आफ्नो नाम पूर्वाग्रह राखेर जोडिएको दावी गरेका छन् । सोमबार बिहान पत्रकार सम्मेलन गर्दै उनले आफूले काुनन बमोजिम काम गरेको र त्यसमा भएको भनिएको भ्रष्टाचारमा आफ्नो कहिँकतै संलग्नता नरहेको दावीसमेत गरेका छन् । 

उनले आफूले मन्त्रालय सम्हाल्नुअघि नै सो प्रकृया चालू रहेको र नेपालको हवाइसेवा सुधारका लागि थालिएको यो प्रकृयामा आफूले निरन्तरता दिएको बताए । निगमको ९ अर्ब रुपैयाँ डुब्ने र निगम टाट पल्टने अवस्था रहेको उनले जिकिर गर्दै उनले निगमले किनेका वाइडबडी वोलपत्र आह्वान गरेर प्रतिस्पर्धाकै आधारमा खरिद गरेको पनि दाबी गरे ।  हेरौं उनको भनाइ जस्ताको त्यस्तै:
प्रकाशित : Monday, January 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal