चेक बाउन्सदेखि ढुकुटी काण्डमा परेका केदार मानन्धर राष्ट्रिय सहकारी बैंकका सञ्चालक, संस्थागत सुशासन के होला ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- कुनै बेला २५ लाख रुपैयाँको चेक बाउन्स प्रकरणमा परेका व्यक्ति राष्ट्रिय सहकारी बैंकको सञ्चालक निर्वाचित भएका छन् । चेक बाउन्स भएपछी 'अवैध' ढुकुटीमार्फत ७५ लाख ठगी गरेको आरोपमा २०७२ साल भाद्र महिनामा पक्राउ परेका केदार मानन्धर सहकारी बैंकको सञ्चालक समितिमा निर्वाचित भएका हुन् । उनले तत्कालीन समयमा ढुकुटीबाट नृपेन्द्र श्रेष्ठलाई ठगी गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । सो समयमा उनले श्रेष्ठलाई दिएको २५ लाख रुपैयाँको चेक बाउन्स भएपछि श्रेष्ठकै उजुरीका आधारमा उनलाई २५ लाख चेक बाउन्स गरेको र कुल ७५ लाख ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

संस्थागत सुशासनमा प्रश्न !
उनी सञ्चालक पदमा निर्वाचित भएसँगै सहकारीका धेरै सदस्यले संस्थागत सुशासनमै समस्या आउने भन्दै बैंकको भविष्यमाथि नै प्रश्न उठाएका छन् । उक्त ढुकुटी काण्डमा उनी र उनकी पत्नी शर्मिला मानन्धरलाई पक्राउ गरी कारवाही प्रर्किया अघि बढाएको थियो । पुस २२ गते काठमाडौँमा भएको निर्वाचनमा उनी सञ्चालक पदमा निर्वाचित भएका उनी सितापाईलामा रहेको सीतापाईला बहुउद्देशीय सहकारी संस्था लिमिटेडका अध्यक्षसमेत हुन् । यता राष्ट्रिय सहकारी बैंककको १५ सदस्यीय कार्यसमितिमा खुलातर्फ केदार मानन्धर, रामहरी बजगाइँ, ध्रुव नारायण यादव र माधवलाल देवकोटा तथा कर्णाली प्रदेश सदस्यमा हरिहरनाथ योगी निर्वाचित भएका छन् । केहि पदमा कुरा नमिलेपछी सञ्चालक समितिको निर्वाचन सम्पन्न भएको थियो । 

निर्वाचित भएपछि नै किन उठ्यो प्रश्न ?
यसो त निर्वाचित भएपछी नै यो कुरा किन उठ्यो ? भन्ने प्रश्न स्वाभाविक हो । हाम्रो यहि प्रश्नमा एक सहकारीकर्मी भन्छन्, 'निर्वाचनताका यो प्रश्न उठाउँदा उनलाई चुनावमा हराउन लागि परेको आरोप लाग्छ भनेर केहि बोलिएन । तर आफैं विभिन्न काण्डमा परेका व्यक्ति सहकारी बैंकजस्तो महत्वपूर्ण पदमा रहेपछि संस्थागत सुशासनको स्थिति के हुन्छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।'
प्रकाशित मिति : Thursday, January 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal