×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार समाचार ‘महाप्रभाव’: गैरकानुनी टुटल अन्ततः बन्द, करोडौँ करछलीको आशंका, छानविन हुने !

PRIME CA

अर्थ सरोकार समाचार ‘महाप्रभाव’: गैरकानुनी टुटल अन्ततः बन्द, करोडौँ करछलीको आशंका, छानविन हुने !

अर्थ सरोकार

प्रकाशित मिति : २ माघ २०७५, बुधबार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- केहि समयदेखि गैरकानुनी रुपमा सेवा संचालनमा ल्याईरहेको टुटललाई सरकारले बन्द गर्न निर्देशन दिएको छ । प्रचलित ऐन अनुसार निजि सवारी साधनमा यात्रु बोक्न नपाइने स्पष्ट व्यवस्था हुँदा हुँदै कानुनलाई आफ्नो हातमा लिने प्रयास गरेर संचालनमा ल्याइएको टुटल अन्तत: बन्द भएको हो । 
स्मरण रहोस टुटल गैरकानुनी छ भन्ने तथ्यसहितको समाचार अर्थ सरोकार डटकमले नेपाली मिडियामा नै पहिलोपटक ब्रेक गरेको थियो । टुटल र पठाओ सेवाअन्तर्गत यात्रुलाई सेवा दिइरहेका चारजना मोटसाइकलधनीलाई कारबाही गर्दै ट्राफिक प्रहरीले उनीहरूको सेवा बन्द गरेको हो । अर्थ सरोकार डटकमलाई महासाखाले दिएको जानकारी अनुसार बा २६ प ९९४६, बा ३५ प ८०३४, बा ९३ प ८५१९, लु २० प ७६३४ र प्रदेश ३–०२–००३ प ६५८२ नम्बरको मोटरसाइकलका चालकलाई कारबाही गर्दै यो सेवा बन्द गरिएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्त पन्तले निजी सवारी साधनले पैसा लिएर यात्रु बोक्न नपाइने स्पष्ट पार्दै दर्ता नहुञ्जेल आफ्नो सेवा रोक्न पत्राचार भएको स्पष्ट पारे ।  
नेपाली मिडियामा पहिलो पटक टुटल गैरकानुनी छ भन्ने तथ्यसाहितको अर्थ सरोकारले ब्रेक गरेको समाचार :
यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका सवारी साधनले उपदफा २ बमोजिम निजी सवारी साधन यातायातका लागि प्रयोग गर्न नपाइने व्यवस्था छ । कारवाही गरिएका मोटरसाइकल चालकलाई एक हजारसम्म जरिवना गरिएको छ ।
यता टुटलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले भने पुरानो ऐनलाई आधार मानेर नयाँ सेवा बन्द गर्ने हो भने धेरैको व्यवसाय बन्द हुने दावी गरिरहेका छन् । तर कानुन मान्नु पर्छ कि पर्दैन ? वा गैरकानुनी रुपमा असुल गरिएको रकममा कर कति तिरिएको छ भन्ने तथ्य भने उनले सार्वजनिक गैरहेका छैनन् । उनकै भनाइलाइ आधार मान्ने हो भने पनि १२ हजारभन्दा धेरै राइडर रहेको टुटलमा पूरा दिन काम गर्नेले मासिक ५० देखि ६० हजार रुपैयाँसम्म कमाइरहेका छन् । 
त्यसवापत सरकारलाई कति पनि कर तिरिएको छैन । यसले करोडौंको राजश्व पनि गुमेको बुझ्न गाह्रो छैन । यस विषयमा बुझ्दा आन्तरिक राजश्व कार्यालयका एक अधिकारीले टुटल, र पठाओले कर छली गरेको विषयलाई गम्भीरतापूर्वक लिई, छिट्टै नै अनुसन्धानको प्रक्रिया अगाडी लैजाने बताए ।  आन्तरिक राजश्व कार्यालयको तथ्यांक हेर्ने हो भने टुटल संचालक कम्पनीले कारोबारका आधारमा नगन्यमात्रामा कर तिरेको छ। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: